रौतहटको गौर नगरपालिकामा आजै राती साढे १० बजे देखि मतगणना सुरु हुने भएको छ।
मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले सर्वदलिय बैठकले पहिलै सहमति गरिसकेको र अब नयाँ प्रतिनिधिलाई मतगणना सम्बन्धि केही जानकारी दिएपछि मतगणना सुरु हुने बताए।
'गौर नगरपालिकामा ७५ दशमलव ७४ मत खसेको थियो। आजै राती देखि मतगणना हुने छ। साढे दशबजे हामीले सुरु गर्ने छौँ ढिलो भएपनि ११ बजे हामीले मतपेटीका खोलिसक्ने छौ,' उनले भने।
रौतहटका अरु स्थानीय तहमा पनि सकेसम्म आजै देखि मतगणना सुरु गर्न निर्देशन दिएको उनले बताए।