धनुषाको गणेशमान-चारनाथ नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयर उमेदवार दुर्गाप्रसाद मल्लले ९१ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका रामबावु यादवले ८४ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उमेदवार संजय महतोले ७३ मत ल्याएका छन् भने र एमालेका बेचन साहले ३१ मत ल्याएका छन। उपमेयरमा पनि माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत कोलेश्वर ज्ञवालीले सेतोपाटीलाई बताए।