बाराको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन्। उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन्।
एमालेका उम्मेद्वार सीताराम चौधरीले भने १ सय २८ मत प्राप्त गरि तेस्रो स्थानमा छन्। १३ हजार १ सय ७२ मतदाता रहेको बारागढीमा ८१.०५ प्रतिशत मतदान भएको थियो। निर्वाचन अधिकृत रमेश घिमिरेल गर्मी स्थान, थाकेका कर्मचारी र झन्झटिलो मतपत्रका कारण गणनामा सुस्तता आइरहेको बताए। उनले मत बदर भने खासै नदेखिएको उल्लेख गरे।