महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।
प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका मेयर उमेदवार प्रल्हाद क्षेत्रीले १४४ मत पाएका छन्। माओवादी केन्द्रका विदुर कार्कीले ६९ मत मत पाएका छन्। एमाले उमेदवार सुरेश राउतले ६१ मत ल्याएको निर्वाचन अधिकृत मणिराम न्यौपानेले सेतोपाटीलाई बताए।
उपमेयरमा पनि नेपाली कांग्रेसले नै प्रारम्भिक अग्रता लिएको छ।