सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका देवनाथ साहले ७२ मत पाएका छन्। नेकपा एमालेका श्यामकुमार श्रेष्ठले ४२ मत पाएका छन् । नेपाली कांग्रेसको राजदेव साह हलुवाइले ३४ र संघीय समाजवादी फोरमका सन्तोषकुमार साहले २५ मत पाएका छन् । उपमेयरमा पनि माओवादी केन्द्रले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले सेतोपाटीलाई बताए