भरतपुरमा नियोजित रुपमा मतपत्र च्यातिएपछि तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा तारबार सहित गणना सुरु भएको छ। दलीय प्रतिनिधि तारबारबाट बाहिर बस्नेछन् भने गणना गर्ने कर्मचारी तारबार भित्र। मतपत्र मतपेटिकाबाट खन्याउने काम समेत तारबार भित्र हुनेछ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुरमा दलीय प्रतिनिध बसेका व्यक्तिले नै मतपत्र च्यातेका थिए। जसका कारण पुन: निर्वाचन समेत गर्नु परेको थियो।
वीरगञ्ज महानगरमा पनि तारबार गरिएको छ। वीरगञ्जमा मसिनो कुखुराको खोर छेक्न प्रयोग हुने तारबार गरिएको छ। त्यस्तै जनकपुरमा भने खोला नदि र पहिरो छेक्न प्रयोग हुने तारजाली प्रयोग गरिएको छ। गौरमा पनि ताराबारको घेरामा मतगणना जारी छ।
गौरका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले सुरक्षा संवेदनिशलता भएका ठाउँमा तारजाली लगाइएको बताए। मतदान स्थलमा दलीय प्रतिनिधि निर्वाचन आयोगका कर्मचारी मात्र प्रवेश पाउँछन्। तर दलीय प्रतिनिधिबाटै मतपत्र असुरक्षित भएपछि तारजालीको विकल्प खोजिएको हो।