पर्सा जिल्लाका तीन स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
तीन मध्ये पटेर्वा सुनौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकामा एमालेले अग्रता लिएको छ।
पटेर्वा सुनौली मा एमालेले २सय २१ मत ल्याएको छ भने कांग्रेसले १५७ मत ल्याएको छ। यहाँ नेपाली जनता दलले १ सय ३६ मत पाएको छ। यो गाउँपालिकाको १ नम्बर वडा एमालेले जितेको छ।
बिन्दवासिनी १ को वडाध्यक्षमा सगिर मियाँ विजयी भएका हुन् । सो वडाको सदस्यमा एमालेकै तेरस मुखिया, सुगान्धी देवी, प्रजापति महतो र फूलमति देवी विजयी भएका हुन् ।
यस्तै गाउँपालिकाको अध्यक्षमा पनि एमालेका उम्मेदवारकै अग्रता छ । पछिल्लो मतपरिणामअनुसार बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसिया १७७ मतसहित उनलाई पछ्याइरहेका छन् ।
त्यस्तै सखुवा प्रसौनीमा पनि एमालले नै अग्रता लिएको छ। उसले १ सय ३४ मत ल्याएको छ भने संघीय समाजवादी फोरमले १ सय १७ मत पाएको छ।
ठोरी गाउँपालिकामा भने, माओवादी केन्द्रले अग्रता लिएको छ उसले १ सय ३० मत पाएको छ भने कांग्रेस उ भन्दा जम्मा ३ मतले पछि छ। एमाले यहाँ तेस्रो स्थानमा छ।