सर्लाही जिल्लाका इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ। जसअनुसार ईश्वर पुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीको अग्रता छ।
ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन्।उपमेयरमा पनि एमालेलनै अघि छ। उपमेयरका लागि एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् माओवादीका उम्मेदवारले २०३ र कांग्रेसले १७० मत पाएका छन्।
त्यस्तै हरिवन नगरपालिकामा एमालेका मेयर उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् भने माओवादीले २ सय २२ मतका साथ दोस्रोस्थान ल्याएका छन्। कांग्रेसले भने यहाँ मेयरका लागि १ सय ५५ मत पाएको छ।
त्यस्तै वाग्मति नगरपालिकाको प्रारम्भीक मत परिणाममा माओवादी केन्द्रले अग्रता लिएको छ। उसले ९२ मत ल्याएर एमालेलाई अग्रता दिएको हो। एमालेका मेयर उम्मेदवारले भने ६४ मत ल्याएका छन्। कांग्रेसले १४ र विवेकशील साझा पार्टीका मेयर उम्मेदवारले ३ मत पाएका छन्।