दुई उपमहानगरसहित १६ स्थानीय तह रहेको बाराका अधिकाशं स्थानीय तहमा मतगणना जारी छ।
केही स्थानीय तहको प्रारम्भिक मतगणना समेत सार्वजनिक भएका छन्। १६ मध्ये मंगलबार दिउँसोसम्म आठ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
जसमा कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ भने एमाले र राजपाले दुई/दुई तथा फोरमले एक स्थानमा अग्रता लिएको छ।
बारागढी गाउँपालिकामा कांग्रेसका उम्मेद्वार ५४९ मतका साथ अगाडि छन्। उनलाई संघीय फोरमका उम्मेद्वारले ४८२ मतका साथ पछ्याइरहेका छन्।
कांग्रेस उम्मेद्वार महागढीमाई नगरपालिकामा पनि अगाडि छन्। त्यहाँ माओवादी केन्द्रका रामबाबु प्रसाद यादवले कांग्रेसका नप्रसाद यादवलाई पछ्याइरहेका छन्।
कांग्रेसले फेटा गाउँपालिकामा पनि अग्रता लिइरहको छ। फेटामा कांग्रेसका रुस्तम अन्सारी अगाडि छन्। उनलाई फोरमका अमिरिलाल यादवले पछ्याइरहेका छन्।
जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। त्यहाँ उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।
माओवादी केन्द्रले पनि दुबै दललाई टक्कर दिइरहेकै छन्। बाराको आदर्श कोटवाल गाउँपालिकामा पनि एमाले अगाडि र कांग्रेस पछाडि छ।
त्यहाँ १ सय १६ मत गणना भएको छ। परवानीपूर भने राजपा अगाडि छ। वीरगञ्जसँग जोडिएको परवानीपुरमा राजपा र संघीय फोरमबीच प्रतिष्पर्धा देखिएको छ। राजपाका अध्यक्ष उम्मेदवारले ५४ मत प्राप्त गर्दा फोरमका उम्मेदवारले ४९ मत ल्याएका छन्।
कांग्रेस र एमालेले २२/२२ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले २७ मत ल्याएको छ। राजपा पचौतारा नगरपालिकामा पनि अगाडि छ। राजपाका श्यामप्रसाद गुप्ताले ५९३ मत प्राप्त गरेका छन्। उसलाई एमालेले पछ्याइरहेको छ। एमालेका लोकनाथ यादवले ४८९ मत पाएको छ। संघीय फोरम बाराको सिम्रौनगढ नगरपालिका अगाडि छ। प्रारम्भिक मतगणना अनुसार संघीय
समाजवादी फोरमका पन्नाला कुशहवाले ३३२ मत पाएका छन्। कांग्रेसका विजयशंकर यादवले २ सय ७२ मत ल्याएका छन्।
कलैया उपमहानगरपालिकामा भने प्रारम्भिक मतपरिणाम समेत घोषणा भएको छैन। मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले भर्खर २० मत मात्र गणना भएको सेतोपाटीलाई जानकारी दिए।
बाराको प्रसौनी गाउँपालिका, सुवर्ण गाउँपालिका तथा कोल्हवी, विश्रामपुर र निजगढ नगरपालिकामा पनि भर्खर मतगणना सुरु भएको छ।