महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले अग्रता लिएका छन्। त्यहाँ १ र १२ वडाको मत गणना भइरहेको छ।
प्राप्त पछिल्लो मत परिणाममा फोरम उम्मेदवारले ४५२ मत पाएका छन् भने कांग्रेस उम्मेदवारले ३६५ मत पाएका छन्। तेस्रो स्थानमा राजपा उम्मेदवार छन्। राजपाको मत ३२२ छ।
चौथो स्थानमा रहेका संघीय समाजवादी फोरमका उम्मेदवारले ९३ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारले ६९ र एमाले उम्मेदवारले ६० मत पाएका छन्। मतगणना जारी छ।