प्रदेश नम्बर २ का स्थानीय तहमा मंगलबार राति साढे १० बजेसम्म ८० स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ।
आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबभन्दा बढी २३ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एमालेले १८ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १४ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ। माओवादी केन्द्र १२ स्थानमा अगाडि छ भने राजपा नेपाल १० स्थानीय तहमा अग्रस्थानमा छ। त्यस्तै फोरम लोकतान्त्रिक ३ स्थानमा अगाडि छ।