दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानीय तहमा अग्रता लिइरहेको छ।
अहिलेसम्म प्राप्त प्रारम्भिक मत परिणामअनुसार कांग्रेसका उम्मेदवार २३ स्थानीय तहमा अगाडि छन्। कांग्रेसले बाराको महागढिमाई नगरपालिका, बारागढी गाउँपालिका, कोहल्वी गाउँपालिका, फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा अग्रता लिइरहेको छ।
त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका, बर्दिबास नगरपालिका र एकडारा गाउँपालिका कांग्रेस अग्रस्थानमा छ। धनुषाको धनुषाधाम नगरपालिका, मिथिलाविहारी गाउँपालिका र बटेश्वर गाउँपालिकमा पनि कांग्रेस उम्मेदवार अगाडि छन्।
रौतहटको चन्द्रपुर नगरपालिका, गढिमाइ नगरपालिका, परोहा नगरपालिका र इसनाथ नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्।
सप्तरीको खडक नगरपालिका, कञ्चनरुप नगरपालिका र बेलीचपेना गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ। सर्लाहीको हरिपुर्वा नगरपालिका, मंगलवा नगरपालिका, कौडेना गाउँपालिका र धनकौल गाउँपालिकामा कांग्रेस अगाडि छ। पर्साको जिराभवानी गाउँपालिकामा पनि कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्।