प्रदेश नम्बर दुईमा भएको स्थानीय तह निर्वाचनमा १४ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ। सिरहाको मिर्चैया, गोलबजार र धनगढी नगरपालिकाको मेयर तथा अर्नमा गाउँपालिका अध्यक्षमा माओवादी उम्मेदवार अगाडि छन्।
त्यस्तै रौतहटको मौलापुर, वृन्दावन, बौद्धिमाई र फतुवा बिजयपुर नगरपालिकाको मेयरमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन्। धनुषाको सवैला र धुनषा धाम नगरपालिकामा माओवादी अगाडि छ।
सर्लाहीको बाग्मती नगरपालिका र चक्रघट्टा गाउँपालिकामा माओवादीको अग्रता छ। पर्साको ठोरी र छिपहरामाई गाउँपालिकामा माओवादी उम्मेदवार अगाडि छन्।