प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ।
एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा सोमबार निर्वाचन भएको हो। हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता छ।
हालसम्म २४ स्थानमा अग्रता लिएको नेपाली कांग्रेस १२ नगरपालिकामा अगाडि छ।बाराः महागढिमाई नगरपालिका
महोत्तरीः रामगोपालपुर र बर्दिबास नगरपालिका
धनुषाः धनुषाधाम नगरपालिका
रौतहटः चन्द्रपुर, गढिमाइ , परोहा र इसनाथ नगरपालिका
सप्तरीः खडक र कञ्चनरुप नगरपालिका
सर्लाहीः हरिपुर्वान र मंगलवा नगरपालिका
हालसम्म १८ स्थानमा अग्रता लिएको एमाले ९ नगरपालिकामा अगाडि छ।बाराः निजगढ नगरपालिका
सिरहाः लहान र कर्जना नगरपालिका
सर्लाहीः हरिवन र ईश्वरपुर नगरपालिका
पर्साः पर्सागढी नगरपालिका
रौतहटः गौर नगरपालिका
सप्तरीः सप्तकोशी नगरपालिका
धनुषाः मिथिला नगरपालिका
हालसम्म १६ स्थानमा अग्रता लिएको संघीय समाजवादी फोरम ८ नगरपालिकामा अगाडि छ।सिरहाः सिरहा र सुखीपुर नगरपालिका
धनुषाः कमला, क्षिरेश्वरनाथ र हंसपुर नगरपालिका
सप्तरीः बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिका
पर्साः पोखरीया नगरपालिका
हालसम्म १४ स्थानमा अग्रता लिएको माओवादी केन्द्र ७ नगरपालिकामा अगाडि छ।सिरहाः मिर्चैया र गोलबजार नगरपालिका
धनगढीः धनगढी नगरपालिका
रौतहटः फतुवाबिजयपुर नगरपालिका
धनुषाः सवैला र धुनषाधाम नगरपालिका
सर्लाहीः बाग्मती नगरपालिका
हालसम्म ११ स्थानमा अग्रता लिएको राजपा नेपाल ५ नगरपालिकामा अगाडि छ। सप्तरीः हनुमाननगर नगरपालिका
बाराः पचरौता नगरपालिका र सिम्रौनगढ नगरपालिका
महोत्तरीः मनरा नगरपालिका
रौतहटः गुजरा नगरपालिका
सर्लाहीः ब्रह्मपुरी नगरपालिका
त्यस्तै फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वर नगरपालिकामा अगाडि छ।