सप्तरीको बेल्ही चपेना गाउँपालिकामा बुधबार बिहान ५ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।
निर्वाचन अधिकृत राजेन्द्रबहादुर बस्नेतले अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १२२० मत प्राप्त गरेर अग्रता लिएको जानकारी दिए। उनलाई मसालका उम्मेदवारले ७१४ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमाले ६७९ मत ल्याएर तेस्रो स्थानमा छ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसले ११४१ मत ल्याएर अग्रस्थान हासिल गरेको छ। दोस्रोमा मसालका ६०८ र तेस्रोमा एमालेका ५९८ मत ल्याएका छन्।