प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रमसँगै बुधबार बिहान ८ बजेसम्म महोत्तरीका १५ मध्ये ९ स्थानीय तहको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। यसअनुसार कांग्रेसले सबभन्दा बढी ४ वटा स्थानमा अग्रता लिइरहेको छ भने संघीय समाजवादी फोरम २ स्थान जितेर पछ्याइरहेको छ।
त्यस्तै माओवादी केन्द्र, राजपा १ र फोरम लोकतान्त्रिकले १-१ स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेस:
- रामगोपालपुर नगरपालिका
- बर्दिबास नगरपालिका
- एकडारा गाउँपालिका
- बलवा नगरपालिका
संघीय समाजवादी फोरम:
- मनरा सिसवा नगरपालिका
- सोनमा गाउँपालिका
माओवादी केन्द्र:
- गौशाला नगरपालिका
राजपा:
- भंगाहा नगरपालिका
फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ।