महोत्तरीको वर्दिबास नगरपालिकाका १४ मध्ये तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ।
तीन वडाका ६ हजारभन्दा बढी मत गणना हुँदा मेयरमा कांग्रेस उम्मेदवारले झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्।
कांग्रेस उम्मेदवार प्रल्हादकुमार क्षेत्रीले २१८१ मत पाएका छन् भने दोस्रो स्थानमा माओवादी केन्द्र विदुरकुमार कार्की छन्। कार्कीले १२८९ मत पाएका छन्।
एमाले उम्मेदवार सुरेशबहादुर राउत ११६८ मत ल्याएर तेस्रो स्थानमा छन्।
बर्दिबासका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार अहिले १, २ र १४ वडाको अन्तिम परिणाम आइसकेको छ भने ३, १३ र १२ वडाको मतगणना जारी छ।