बाराको आदर्शकोटवाल गाउँपालिकामा मत गणनामा विवाद भएको छ। विवादपछि मतगणना बिहीबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको हो। मत सार्वजनिक गर्नु अघि दलहरुबीच रुजु गर्ने क्रममा दश मत फरक देखिएपछि विवाद भएको हो।
निर्वाचन अधिकृत मोहन सुवेदीका अनुसार संघीय फोरमका अध्यक्षका उम्मेदवाले आफ्नो मत घटाइएको भन्दै पुन: जोड्न माग गरेका हुन्। बोर्डमा एकथरी र मुचुल्कामा अर्कोथरी मत देखिएको भन्दै फोरम उम्मेद्वारले मत पुन: गणना माग गरेका हुन्।
'तीस भन्दा बीस सुनेर कर्मचारी साथीले १२३६ मत लेख्नुभएछ। उहाँहरुले १२४६ छ भन्नभुयो। गन्दा पछि १२४६ निस्कियो। हामीले सच्याउने भन्यौँ तर उहाँले मान्नुभएन', सुवेदीले भने, 'भोलि बिहानसम्मका लागि गणना रोक्यौँ।'
बिहान सर्वदलीय बैठक डाकेको र त्यसपछि मतगणना सुचारु गर्ने विषयमा निर्णय लिइने उनले बताए।