प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा भएको निर्वाचनको प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको प्रारम्भिक मतपरिणाममा समग्रमा नेपाली काँग्रेसले अग्रता लिएको छ बुधाबारसम्म दोस्रो स्थानमा रहेको एमाले भने चौथो स्थानमा धकेलिएको छ।
हालसम्म १३० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको ३३ तहमा, संघीय समाजवादी फोरम २८, माओवादी केन्द्र २४ र एमाले २१ तहमा अगाडि रहेको छ।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले १८ स्वतन्त्रले २ र नयाँ शक्तीले १ तहमा अग्रता लिएका छन्। संघीय समाजवादी फोरम, राजपा र माओवादी केन्द्रले एकएक तहमा जित हाँसिल गरिसकेका छन्।
माओवादीले जीत हात पारेको स्थानीय तह
- सिरहाको कर्जन्हा नगरपालिका
माओवादी केन्द्रले अग्रता लिएका २४ स्थानीय निकायमहोत्तरी
- औरही नगरपालिका
- सम्सी गाँउपालिकामा
- गौशाला नगरपालिका
सिरहा
- मिर्चैया नगरपालिका
- गोलबजार नगरपालिका
- धनगढीमाई नगरपालिका
- अर्नामा गाँउपालिका
बारा
- प्रसौनी गाउँपालिका
धनुषा
- गणेशमान चारनाथ नगरपालिका
- विदेह नगरपालिका
- सबैला नगरपालिका
सर्लाही
- बरहथवा नगरपालिका
- बागमती नगरपालिका
- बसबरिया नगरपालिका
- हरिपुर्वा नगरपालिका
- चक्रघटा गाउँपालिका
रौतहट
- बैधीमार्इ गाउँपालिका
- दुर्गा भगवती गाउँपालिका
- मौलापुर नगरपालिका
- राजपुर गाउँपालिका
- वृन्दावन नगरपालिका
- गुजरा नगरपालिका
पर्सा
- ठोरी गाउँपालिका
- पकाहा मैनपुर गाउँपालिका
एमालेले अग्रता लिएका २१ स्थानीय निकायमहोत्तरी
- मटीहानी
सिराहा
- लहान नगरपालिका
- सखुवानान्कारकट्टी गाँउपालिका
बारा
- जितपुर सिमरा उपमहानगरपालिका
- निजगढ नगरपालिका
- कोल्हवी नगरपालिका
- आदर्श कोटवा गाउँपालिका
धनुषा
- औरही गाउपालिका
- बटेश्वर गाँउपालिका
- मिथिला नगरपालिका
- मिथिला विहारी नगरपालिका
- मुखियापट्टी मुसहरमिया गाँउपालिका
सप्तरी
- सप्तकोशी नगरपालिका
- शम्भुनाथ नगरपालिका
- सुरुङ्गा नगरपालिका
सर्लाही
- ईश्वरपुर
- लालबन्दी
रौतहट
- गौर नगरपालिका
पर्सा
- पर्सागढी नगरपालिका
- पटेर्बा सुगौली गाउँपालिका
- बिन्दवासनी गाउँपालिका