रौतहटको गढीमाई नगरपालिकामा राजपाका मेयर उम्मेदवार अब्दुल कलाम आजादले अग्रता कायम राखेका छन्।
कलामले ४४४० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार हरि यादवले २६४५ मत ल्याएका छन् भने कांग्रेसका श्याम यादवले २४९९ मत प्राप्त गरेका छन्।
९ वटा वडा रहेको गढीमाईका चार वटा वडामा राजपाले जीत हात पारेको छ। एउटा वडामा भने कांग्रेस विजयी भएको छ।
मतपरिणाम भने भोलि बिहानसम्म आउने निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए।