महोत्तरीको सोनमा गाउँपालिकामा ५ वटा वडाको मतपरिणाम सार्वजनिक भैसकेको छ। ती मध्ये ४ वडामा संघीय समाजवादी फोरमले प्यानल सहित वडाअध्यक्ष जितेको छ भने कांग्रेसले एउटा वडा मात्र जितेको छ।
गाउँपालिका प्रमुखमा पनि फोरम नै अघि छ। समाजवादी फोरमका राजकुमार यादवले ३ हजार ३ सय २ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका प्रमुख उम्मेदवार नवल किशोर रायले भने उनले भन्दा झण्डै आधा मत ल्याएका छन्। उनको १हजार ६ सय ९९ सय मत छ।
आज बेलुका सम्म यो गाउँपालिकाको अन्तिम नतिजा आइसक्ने निर्वाचन अधिकृतले बताए।