सिराहाका १७ स्थानीय तहमध्ये १० वटामा मतगणना जारी छ।
अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमा संघीय समाजवादी फोरम र माओवादी अगाडि देखिएका छन्। अहिलेसम्म फोरमले दुईवटा गाउँपालिकाको अध्यक्षमा र माओवादीले तीनवटा नगरपालिकाको मेयरमा अग्रता लिइरहेका छन्।
माओवादीले मिर्चैया, गोलबजार,धनगढीमाई नगरपालिकाको मेयरमा अग्रता लिइरहेको छ। फोरमले बयरपट्टी र लक्ष्मीपुर पतारी गाँउपालिकामा अग्रता लिइरहेको छ।
सदरमुकाम सिरहा नगरपालिकामा भने नेपाली कांग्रेसले आफ्नो अग्रता जोगाइरहेको छ।
एमाले लहान नगरपालिका र सखुवानान्कारकट्टी गाँउपालिकामा अगाडि छ।
कल्याणपुर नगरपालिकामा भने राष्ट्रिय जनता पार्टी(राजपा)का उम्मेदवार अगाडि छन्।
सिराहाका ७ स्थानीय तहको भने मतगणना सकिएको छ। जसमा माओवादी केन्द्रले ३, एमालेले १, समाजवादी फोरमले २ र कांग्रेसले १ स्थानमा जितेका छन्।
सुखीपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सेतोपाटीलाई प्राप्त भएको छैन।