महोत्तरी जिल्लाका १५ स्थानमध्ये हालसम्म दुईवटाको अन्तिम नतिजा आइसकेको छ भने बाँकीमा मतगणना जारी छ।
अन्तिम नतिजा घोषणा भएकामध्ये संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एक-एक स्थानमा विजय हासिल गरेको छ।सोनमा गाउँपालिकामा फोरमका राजकुमार यादव र महोत्तरी गाउँपालिकामा राजपाका सुनील राय विजयी भएका छन्।
गणना जारी रहेकामध्ये नेपाली कांग्रेस सबभन्दा बढी पाँच स्थानमा अग्रस्थानमा छ। राजपा चार र माओवादी केन्द्र तीन स्थानमा अगाडि छ। यो जिल्लामा नेकपा एमालेको स्थिति कमजोर छ। यहाँ पिपरा गाउँपालिकामा मात्र एमालेले अग्रता लिएको छ।
नेपाली कांग्रेसले अग्रता लिएका स्थानमा बर्दिवास नगरपालिका, एकडारा गाउँपालिका, बलवा नगरपालिका, रामगोपालपुर नगरपालिका र लोहरपट्टी नगरापालिका छन्।
माओवादी केन्द्र औरही नगरपालिका, गौशाला नगरपालिका र साम्सी गाउँपालिकामा अगाडि छ।
राजपा जलेश्वर नगरपालिकासहित मटिहानी नगरपालिका, भंगाहा नगरपालिका र मनरा शिवसा नगरपालिकामा अगाडि छन्।