धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवार लालकिशोर साहले सुरुआती अग्रता फराकिलो पार्दै लगेका छन्।
शुक्रबार बिहानसम्म गणना भएको १६०४३ मतमध्ये लालकिशोरले ८५१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज साह ५६ सय मतले पछि परेका छन्। मनोजले २८४८ मत पाएका छन्।
नेकपा एमालेका मेयर उम्मेदवार लक्ष्मीनारायण भगतले ८७४ मत पाएका छन्।
उपमेयरमा पनि राजपाकै उम्मेदवारको फराकिलो अग्रता छ। राजपा उम्मेदवार रिताकुमारी मिश्रले ६००४ मत ल्याउँदा कांग्रेस उम्मेदवार निलमदेवी कर्णले २५८५ मत पाएकी छन्। मतगणना जारी छ।