दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा कांग्रेस पहिलो स्थानमा कायमै छ। उसले हालसम्म २० स्थानमा जित हासिल गरिसकेको छ भने थप २० मा अग्रता छ।
दोस्रो स्थानका लागि माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको टक्कर भइरहेकामा माओवादीले उछिनेको छ।
पछिल्लो मतपरिणामअनुसार ११ स्थानमा जित हासिल गरेसँगै दोस्रो स्थानमा माओवादी उक्लिएको हो।
राजपा र समाजवादी फोरम भने ९-९ स्थानमा जित हासिल गर्दै तेस्रो स्थानका लागि टक्करमा छन्।
संविधान संशोधन र मधेस मुद्दामा आलोचनात्मक धारणा राख्दै आएको नेकपा एमाले भने दुई नम्बर प्रदेशको अहिलेसम्मको नतिजामा पछाडि छुटेको छ। यहाँ एमाले ६ स्थानमा मात्र विजयी भएको छ।