धनुषाको नगराईन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका प्रमेश्वर साह ५०२९ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका रामबाबु पजियारलाई हराएका हुन्।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै रञ्जुकुमारी साह विजयी भएकी छन्। उनले ४८४९ मत ल्याएर विजयी भएकी हुन्।