सिरहाको लहानमा एमाले विजयी भएको छ। मधेस आन्दोलनको उद्गम लहानमा मधेश विरोधी भनेर आरोप लाग्ने गरेको नेकपा एमाले विजयी भएको हो।
एमालेका मेयर उमेदवार मुन्नी साह सुडीले ११ हजार ३ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अचमित लाल चौधरीले ९ हजार १ सय ३८ मत ल्याएका छन्।
उपमेयरमा पनि एमालेले नै विजय हात पारेको छ । एमालेका तर्फबाट सरियार कुमारी चौधरी उपमेयर निर्वाचित भएकी हुन् । उनले ११ हजार १ सय ६८ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्धन्दी पुनम चौधरीले ९ हजार ९ सय ६ मत पाएकी छन्।