प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ।
सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले अग्रता लिएका छन्। अहिले उनलाई फोरम उम्मेदवारले पछ्याक्ष्रहेका छन्।
द्वीवेदीले ७९४९ मत ल्याउँदा फोरम उम्मेदवार विजय सराबगीले ७८३२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार राजेशमान सिंह झण्डै दुई हजार मतले पछि परेका छन्। उनले ५६९९ मत पाएका छन्।
उपमेयरमा पनि कांग्रेसकै अग्रता छ। कांग्रेस उम्मेदवार शान्ति कार्कीले ९१८९ मत पाएकी छन् भने फोरम उम्मेदवार पिंकीदेवी यादवले ७५०५ मत पाएकी छन्। राजपाकी उम्मेदवार रम्भा मिश्रले ४९५३ मत पाएकी छन्।
वीरगन्जका ३२ मध्ये १० वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ।