तेस्रो चरणको स्थानीय निर्वाचनमा नेपाली जनता दल दुई स्थानीय तहमा विजयी भएको छ।
पर्साको एक नगर र एक गाउँपालिकामा जनता दलका उम्मेदवार विजयी भएका हुन्।
प्राप्त पछिल्लो मत परिणाम अनुसार पर्साको पोखरिया नगरपालिकाको मेयरमा जनता दलका दीपनारायण रौनियार विजयी भएका छन्।
शुक्रबार सोही जिल्लाको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता दलका नथुनी कुसहवा विजयी भएका थिए।