सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार रातिदेखि मतगणना स्थगित भएको छ।
माओवादी प्रतिनिधिले पुनः मतगणना गुर्नपर्ने माग राख्दै बहिष्कार गरेपछि स्थगित भएको गणना कार्य अझै सुरु हुन सकेको छैन।
मतगणना बहिष्कार भएपछि निर्वाचन आयोगलाई पुनः गणना सुरू गर्न चिठी पठाएपनि जवाफ नआइसकेकाले गणना अनिश्चित भएको निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सेतोपाटीलाई बताए।
‘पुनः मतगणनाको माग गर्दै माओवादी प्रतिनिधिले बहिष्कार गरेपछि स्थगित भएको हो,’ उनले भने, ‘अहिलेसम्म आयोगबाट पनि कुनै जवाफ नआएकाले कति बेलाबाट मत गणना सुरू हुन्छ, भन्न सकिने अवस्था छैन।’
मतगणना गर्न कर्मचारी अभाव पनि अर्को समस्या भएको उनले बताए।