प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जमा ४६ हजारभन्दा बढी मत गणना भएको छ।
प्राप्त मत परिणामअनुसार मेयरमा संघीय समाजवादी फोरम उम्मेदवार विजय सरावगी १०२१८ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका अजय द्वीवेदीले पछ्याइरहेका छन्। उनीहरुको मतअन्तर ७७ छ। द्वीवेदीले अहिलेसम्म १०१४१ मत पाएका छन्।
तेस्रो स्थाानमा रहेका राजपा उम्मेदवार राजेशमानसिंह ७१३९ मत पाएका छन्। मतगणना जारी छ।