आउँदो निर्वाचनमा विवेकशील साझा पार्टीले आफ्नो सहभागिता जनाउने भएको छ। सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिन लागेको पार्टीले जनाएको छ।
चार वर्षअघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिनाअघि स्थापना भएको साझा पार्टी गत साउनमा एकीकृत भएका हुन्। एकीकरणपछि विवेकशील साझा पार्टीले चुनाव चिन्ह 'तराजु' पाएको हो।
आगामी निर्वाचनका लागि पार्टीले मूल नारा 'अबको आशा विवेकशील साझा' तय गरेको छ।
संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियान नेतृत्व गर्ने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टीका तर्फबाट को-को, कहाँ-कहाँ उम्मेदवार बन्ने निर्णय नभए पनि आउँदो निर्वाचनमा सहयोग गर्न पार्टीले आग्रह गरेको छ।
पार्टीका हालका केन्द्रीय सदस्यहरु रवीन्द्र मिश्र, उज्वल थापा, अब्दुस् मिया, अर्जुनसिंह ठकुरी, अजीता राई, अनुषा थापा, आशुतोष तिवारी, उमेद पुन, ओम प्रकाश अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, गेहेन्द्र दाहाल, गोपी हमाल, गोविन्द नारायण तिमल्सिना, जीवन श्रेष्ठ, तारा काफ्ले, दिनेश प्रसाईँ, निरुपमा यादव, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, मिलन पाण्डे, मुमाराम खनाल, रन्जु दर्शना न्यौपाने, रमेश पौड्याल, रमेश महर्जन, राम शाह, रेशु अर्याल, विराज भक्त श्रेष्ठ, शशीविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार, सूर्यराज आचार्य, ज्ञानेन्द्र निरौला परिचालित भई निर्वाचनमा नेतृत्व गर्ने पार्टीले जनाएको छ।