यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट बारा कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन्।
काँग्रेसका यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरेकी छन्।