दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमका विजय कुमार सरावगी विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार द्विवेदीलाई सरवागीले २१९६ मतअन्तरले पछि पार्दै वीरगन्जका मेयर चुनिएका हुन्।
सरावगीले १९३९३ मत पाए भने द्विवेदीले १७१९७ मत पाए।
सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष थिए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि भए।
पहिले कांग्रेसनिकट सरावगी ६ महिनाअघि फोरम प्रवेश गरेसँगै मेयरको टिकट पाएका थिए।
वीरगन्जमा ८४ हजार ५ सय १३ मत खसेको थियो।
त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन्। उनले १९६०७ मत पाएकी छन्।