थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ।
बुधबार उनीमाथि सो कारबाहीको फैसला सुनाइएको समाचारमाध्यम गार्डियन र बिबिसीले जनाएका छन्। लामो सुनुवाईपछि अदालतले गरेको उक्त फैसला सुनाउँदा शिनावात्रा उपस्थित थिइनन्।
छ वर्षअघि उक्त मुद्दा शिनावात्राले गरेको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित छ। उनी सन् २०११ मा थाइल्याण्डकी पहिलो महिला प्रधानमन्त्री भएकी थिइन्।
थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको उनीमाथि आरोप हो।
५० वर्षीय शिनावात्राले ५ वर्ष जेल सजाय भोग्ने भएकी हुन्।