आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।
निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताए।
समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ ।
प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल छन्। समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ ।
त्यसैगरी बैकुण्ठ थापा मगर, मणिराम परियार, मीरा पाण्डे, ताराप्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमलप्रसाद आचार्य, मानबहादुर सुनार, ज्ञानबहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पूर्णकुमारी बञ्जाडे, रामबहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस भएको क्षेत्रीय सचिव ताराप्रसादले जानकारी दिए।
निर्वाचन क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ खनाल, डा बिसी, रेवतीप्रसाद, बालकृष्ण पाण्डे, र मुक्तिको नाम सिफारिस भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताए।
प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सात र समानुपातिकका लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हिम्मत टण्डन, यादवप्रसाद घिमिरे, कृष्णप्रसाद शर्मा, डा जयबहादुर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरिएको छ ।
प्रदेश सभाको समानुपातिकमा श्यामनाथ काश्यप, छविलाल पौडेल, प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, कुमारकेशव सिंह, निमबहादुर विक, गणेशबहादुर सिंह, खिमकुमार श्रेष्ठ र कमल विकको नाम सिफारिस भएको छ । त्यस्तै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिलातर्फ शान्ता भण्डारी, अम्बिका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताए ।