नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताका निम्ति वार्ता गर्न उच्चस्तरीय कार्यदल बनाएको छ।
आज बसेको माओवादी शीर्ष नेताहरूको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको कार्यदल बनाएको हो।
'हामीले चुनावी तालमेल र बामपन्थी एकताका लागि छलफल गर्न कार्यदल बनाएका छौं,' नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने,'हामी यसको लागि सबै बामपन्थी दलसँग छलफल गर्छौं। एमालेसँग भोलि छलफल हुन्छ।'
एमालेले निर्वाचनमा बामपन्थी तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीको यस्तो निर्णय आएको हो।