राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने ध्रुवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्।
पार्टीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई दलहरुको ध्रुवीकरणले न्यूनीकरण गर्ने र राष्ट्रियताको संरक्षण हुने बताए।
आफ्नो दलले पनि वैचारिक दृष्टिकोणले निकट रहेका अन्य दलसँग सहकार्य र तालमेल गरी चुनावमा सहभागी हुने उनको भनाइ थियो।
अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्न मंसिरमा हुने दुवै चुनावमा जनमत संग्रहको व्यवस्थाको माग गरे।
यही असोज २३ गते काठमाडौँ उपत्यकामा पार्टीले हिन्दू राष्ट्रको पक्षमा विभिन्न कार्यक्रम गर्ने उनले जानकारी दिए।