झापा क्षेत्र नम्बर १मा विश्वप्रकाश शर्मामात्र कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार हुने भएका छन्।
कांग्रेको क्षेत्रीय समिति, मेचीनगर नगरपालिकाका १३ वटै वडा समिति, नगर परिषद् र क्षेत्रनम्बर १मा पर्ने ६ मध्ये ५ वटा गाविसले प्रतिनिधि सभाको लागि उनलाई सर्वसम्मतले सिफारिस भएका हुन्।
शर्माको नाम जिल्ला समितिमा पुगेको छ। जिल्लाले भने अझै उमेद्वारको टुंगो लगाइसकेको छैन। कांग्रेसले स्थानीय संयन्त्रलाई असोज १७ गते सम्म उम्मेदवार छानेर पठाउन भनेको थियो।
जिल्लाले आजै उमेद्वारी टुंगाउन सक्ने शर्माले बताए। दोस्रो संविधानसभाको चुनावमा यहिँबाट सांसद लडे पनि उनी ६ सय मतले पराजित भएका थिए।