विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा मिसिने भएको।
दुई पार्टी एक हुने सैद्धान्तिक सहमति भैसकेको तर कतिपय कुरा मिलाउन बाँकी रहेकाले औपचारिक घोषणा आजै हुन्छ हुन्न टुंगो नभएको काँग्रेसका एक नेताले बताए।
गच्छदार पहिले काँग्रेसमै थिए।
२०४८ साल देखि २०५६ सालसम्म उनी काँग्रेसका सांसद थिए। काँग्रेस फुटाएर शेरबहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेपछी उनी त्यहि नयाँ पार्टीमा गएका थिए।
पहिलो संविधानसभाको निर्वाचनकै बेला उनी काँग्रेस छोडेर मधेसी जनाधिकार फोरममा छिरेका थिए। त्यहि पार्टीको तर्फबाट उनी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका थिए।
प्रचण्ड सरकारबाट बाहिरिएपछी उनले फोरम फुटाएर माधव नेपालको सरकारमा गए। त्यसपछी उनको पार्टीको नाम मधेसी जनाधिकार फोरम लोकतान्त्रिक रहेको हो।
उनको पार्टीको प्रभाव तराईका कैलाली कञ्चनपुर दाङ सुनसरी मोरङ्ग जस्ता थारु बाहुल्य क्षेत्रमा छ।
यो पनि हेर्नुहोस्ः