उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले पद बढावा गर्दै आफ्नी बहिनीलाई थप शक्तिशाली बनाएका छन्। स्वर्गीय नेता किम जोङ–इलकी कान्छी छोरी किम यो–जोङलाई देशको निर्णायक निकायमा पदोन्नति गरिएको बिबिसीलगायतका समाचारमाध्यमले जनाएका छन्।
किम जोङले आइतबार आफ्ना उच्च अधिकारीहरूका बीच यो–जोङको बढावा भएको घोषणा गरेका हुन्।
यो–जोङ सन् १९८७ मा जन्मिएकी हुन्। स्वीट्जरल्याण्डको बर्नमा किम र यो–जोङ सँगै बसेका र पढेका थिए। यो–जोङको विवाह पार्टीकै सचिव चो र्योङ–हेसँग भएको बताइएको छ।
यो–जोङ वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य हुनेछिन्।
३० वर्षीय यो–जोङ तीन वर्षअघि पार्टीकी वरिष्ठ अधिकारी भएकी थिइन्। उनी पहिलेदेखि नै दाजु किम जोङको छेउछाउ देखिन्थिन्।
उनको मुख्य काम किमको सार्वजनिक छवि राम्रो बनाइराख्नु हो। सार्वजनिक उपस्थिति व्यवस्थापनका गर्नुका साथै उनी किमकी राजनीतिक सल्लाहकार पनि मानिन्छन्। उनी अब देशको नेतृत्वमै मुख्य भूमिकामा रहने बताइएको छ।
उत्तर कोरियामा मानव अधिकारविरूद्ध भएका गतिविधिमा संलग्न भएको भन्दै अमेरिकाले उनलाई कालो सूचीमा राखेको बिबिसीले जनाएको छ।
दोस्रो विश्वयुद्धपछि उत्तर कोरिया स्थापना भए देखि नै किम परिवारले यहाँ शासन गर्दै आएका छन्।
[caption id="" align="alignnone" width="706"]
तस्बिरः इपिए[/caption]
[caption id="" align="alignnone" width="706"]
तस्बिरः केसिएनए[/caption]