प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्री थपेर फेरि पनि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उपप्रधानमन्त्रीमा राप्रपा अध्यक्ष कमल थापा र अन्य तीनजना मन्त्री भित्र्याएर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्। कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई भने मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ।
मन्त्रीको संख्या ६० पुगेको छ। यो इतिहासमा सबभन्दा ठूलो मन्त्रिपरिषद् हो। सत्ता साझेदार दल माओवादीले प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले राप्रपालाई सरकारमा भित्र्याएका हुन्।