विवेकशील-साझा पार्टीले भक्तपुर, चितवन, लमजु र दोलखा जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारी दिने भएको छ।
भक्तपुर क्षेत्र नं २ बाट पार्टीका केन्द्रीय सदस्य शशी विक्रम कार्की, चितवन क्षेत्र नं २ बाट भुपेन्द्र बस्नेत, चितवन क्षेत्र नं ३ बाट शरदराज पाठक, लमजुङबाट निर्देश सिलवाल र दोलखाबाट विजयबाबु शिवाकोटीलाई उठाउने भएको पार्टीले जानकारी दिएको छ।
चितवन क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको संसदीय निर्वाचन लड्ने घोषणा गरिसकेका छन्। दाहालको प्रतिस्पर्धामा विवेकशील-साझाले ३६ वर्षीय शरद पाठकलाई उठाउने भएको हो।ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाठक सञ्चारकर्मी हुन्।
पार्टी संयाेजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले केही दिनअघि काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट उम्मेदवारी दिने घाेषणा गरिसकेका छन्।
यो पनि पढ्नुहोस्ः