गोरखामा कांग्रेससँग चुनावी तालमेल गर्ने तयारी गरेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई थप छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्। अहिले (सोमबार साँझ) बालुवाटारमा भट्टराई र कांग्रेस शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ।
केही समयपहिले एमाले र माओवादी वाम गठबन्धनमा मिसिएका बाबुराम सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएका थिए।
गठबन्धनबाट बाहिरिएपछि उनी गोरखामा कांग्रेससँग चुनावी तालमेल गर्न राजी भएका हुन्। गोरखा –२मा बाबुरामलाई कांग्रेसलाई सघाउने र १ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने गरी छलफल भइरहेको छ।