प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई बिना विभागीय बनाइदिएका छन्। देउवाले उनीहरूले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारीमुक्त गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकरी दिए।
माओवादी केन्द्रका मन्त्रीहरू आजै सरकारबाट हट्ने बताइएपनि माओवादीले चुनाव सार्ने प्रपञ्च रचिएको भन्दै मन्त्री नछाड्ने निर्णय लिएको थियो।
सरकारमा माओवादी मन्त्रीहरूले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। माओवादीले उपप्रधानसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेको थियो।
देउवाले तीन दिन अघि उपप्रधानमन्त्रीको रूपमा भित्र्याएका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन्। माओवादीका जनार्दन शर्माले सम्हाल्दै आएको गृहमन्त्रालय देउवा आफैँले राखेका छन्। खाली भएका अरु मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट र राप्रपाबाट मन्त्री नियुक्त भएकाहरूलाई जिम्मेवारी दिने तयारी पनि उनले गरेका छन्।
आजका अन्य समाचारहरू
गृहमन्त्रीको ८ मिनेटको पत्रकार सम्मेलन सरकार छोड्नै लागेका थियौं, चुनाव सार्ने प्रपञ्च थाहा पाएपछि बस्यौं: गृहमन्त्री शर्मा