नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेता बालकृष्ण खाणको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।
उनी उम्मेदवार छान्ने संसदीय बोर्डा सदस्य समेत हुन्। समानुपातिकको बन्दसुचीमा परेका खाणलाई प्रचारप्रसार समितिको संयोजक तोकीएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए।
समितिको सहसंयोजक कसलाई बनाउने भन्ने बिषयमा भने अहिलेसम्म निर्णय भैनसकेको उनले बताए।
स्थानीय तह निर्वाचनमा प्रचारप्रसार समितिको संयोजक रमेश लेखक र सहसंयोजक गगन थापा थिए। उनीहरु दुवै प्रत्यक्ष निर्वाचन लड्ने भएपछि फेरि प्रचारप्रसार समिति गठन गरिएको हो।