नेपाली काँग्रेसको संसदीय समितिले २२ जना नेताहरूलाई प्रतिनिधिसभाको चुनावको लागि उम्मेदवारी टुंगोमा पुर्याएको छ।
बिहिबार बसेको समिति बैठकले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत २२ जना नेताको उम्मेदवारी टुंगोमा पुर्याएको हो।
देउवा डडेलधुरा, पौडेल तनहुँ क्षेत्र नम्बर १ , महामन्त्री शशांक कोइराला नवलपरासी १ र विमलेन्द्र निधि धनुषा ३ बाट चुनाव लड्ने निश्चित भएको छ। त्यस्तै महेश आचार्य मोरङ-४, शेखर कोइराला मोरङ-६, मिनेन्द्र रिजाल मोरङ-२, विजयकुमार गच्छदार सुनसरी- ३, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी- ४ बाट, अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ उठ्ने भएका छन्।
बारा-३ बाट फरमुल्लाह मन्सुर, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ५ बाट प्रकाश शरण महत,काठमाडौं ४ बाट गगन थापा, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, स्याङ्जा २ बाट गोपालमान श्रेष्ठ, सुर्खेत १ बाट पूर्णबहादुर खड्का, कन्चनपुर २ बाट एनपी साउद,रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३, नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट, नारायण खड्का उदयपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिने भएका छन्।