गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।
बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले बताए।