मकवानपुरको भिन्नभिन्नै स्थानमा दुई पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान दुई शव फेला परेको छ।
बिहान करिब ५ः३० बजे बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलमा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव फेला परेको छ।्
मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए।
त्यसैगरी हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन्। दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ फेला परेको छ।
डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन। दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।