लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।
मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदी आससास केन्द्रविन्दु बनाएर सोमबार बेलुकी ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ।
भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए। मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
‘मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निस्केका थिए,’ उनले भने।